बुन्डेसलिगा : बर्लिनलाई पराजित गर्दै डर्टमण्डको जित



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित हात पारेको छ। कोरोनाको माहामारीकाबीच जारी खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन इम्री क्यानले निर्णायक गोल गरे । जितसँगै डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको छ । डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ । बायर्नको ७० अंक रहेको छ ।

Image

बर्लिन ३८ अंकसहित लिगको नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्