बुन्डेसलिगा : बराबरीमा रोकियो लाइपजिग



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग बराबरीमा रोकिएको छ ।
कोरोना भाईरसको महामारीबीच जारी खेलमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पुछारको टिमसँगको बराबरीसँगै लाइपजिगले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । जित निकालेको भए बोरुसिया डर्टमण्डलाई पछि पार्दै लाइपजिग दोस्रो स्थानमा उक्लने थियो ।

प्रतिक्रिया दिनुहोस्