जर्मन बुन्डेसलिगा : बायर्नको सहज जित



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
कोरोना माहामारीकाबीच जारी खेलमा बायर्नले बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

Image

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । अब उपाधि जित्न बायर्नलाई २ जितको आवश्यकता रहेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।

Image

बायर्नले ३० खेलमा ७० अंक जोडेको छ । डर्टमण्डको ६३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्