थ्रेडिङ गरिसकेपछि झुक्किएर पनि नगर्नुस् यी ५ गल्ती



कल्पना धिताल
ब्युटिसियन

काठमाडौं : थ्रेडिङ गरिसकेपछि थ्रेडिङ गरेको भागमा कहिलेकाँही रातो हुने, सुन्निने र चिलाउने जस्ता समस्या देखिने गर्छ । तपाईंले पार्लरबाट आएपनि गर्ने केही गल्तीहरुका कारण यस्तो हुने गर्छ । तपाईंले जहिले पनि जानिराख्नुपर्ने हुन्छ, थ्रेडिङ गरिसकेपछि कुन – कुन गल्तीहरुबाट सुरक्षित हुनु आवश्यक छ ।

मेकअप नगर्नुहोस्
कहिलेकाँही हामी व्यस्त हुन्छौं । र समय नभएका कारण पार्टीमा जानुभन्दा केही समय पहिले पार्लर जाने गर्छौ । यदि तपाईं पनि यस्तो गर्नुहुन्छ भने आफ्नो बानी बदल्नुहोस् । किनभने यस्तो पार्टीमा जाने मौका घरीघरी मिल्दैन त्यसैले मेकअपबिना जाने कुरा हुँदैन । र तपाईंलाई यस्तो समयमा मेकअप गर्नाले जलन हुन सक्छ । सधैं थ्रेडिङ गरेको ३–४ घण्टापछि मात्र मेकअप गर्नुहोस् । खासगरी आँखाको मेकअपमा यो कुरालाई विशेष ध्यान राख्नुहोस् ।

फ्रेग्नेन्स् प्रोडक्सनको प्रयोग नगर्नुहोस्
थ्रेडिङ गरेपछि आईब्रोजको वरिपरिको छाला सुख्खा हुन्छ । यसबाट बच्नको लागि तपाईं मोस्चराइजर क्रिमको प्रयोग गर्नुहुन्छ । यसले सुख्खापनबाट राहत दिन्छ, तर यसको कारण जलन र रातो हुनसक्छ । त्यसैले थ्रेडिङ गरेपछि कम्तीमा एक दिनपछि मात्र यसको प्रयोग गर्नुहोस् । यदि तपाईं चाहानुहुन्छ भने एलोभेरा जेल लगाउन सक्नुहुन्छ ।

तातोपानी वा बाफबाट टाढा रहनुहोस्
थ्रेडिङ गर्नुभन्दा पहिले तपाईंले सहन सक्ने पानीको बाफ लिन सक्नुहुन्छ । यसले तपाईंको आइब्रोलाई नरम बनाउँछ । र थ्रेडिङ गर्न सजिलो पार्दछ । तर, थ्रेडिङ गरिसकेपछि कम्तीमा दुई घण्टासम्म तातोपानी र बाफबाट टाढा रहनुहोस् । थ्रेडिङ गरिसकेपछि तपाईंको छाला निकै नै संवेदनशील हुन्छ र तातो पानीको प्रयोग गर्नाले रातो हुने सम्भावना बढाउँछ ।

थ्रेडिङ गरेको ठाउँमा धेरै चोटी नछुनुहोस्
के तपाईं पनि आईब्रोजको आकार बनाउनको लागि यो भागमा छोइरहने गल्ती गर्नुहुन्छ ? त्यसोभए अव यसो गर्नुहुँदैन । थ्रेडिङ गरिसकेपछि छाला एकदमै संवेदनशील हुन्छ । यस्तो अवस्थामा छालामा छोइराखेमा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । तपाईंको एउटा सानो गल्तीले समस्यामा पार्न सक्दछ । यदि तपाईंलाई यस भागमा चिलाउछ भने एलोभेरा जेल प्रयोग गर्नुहोस् । वा गुलाबजल प्रयोग गर्नुहोस् ।

तुरुन्त घाममा ननिस्किनुहोस्
थ्रेडिङ गरेपछि यदि तपाईं तुरुन्तै घाममा जानुहुन्छ भने युभी किरणले तपाईंको संवेदनशील छालामा प्रतिक्रिया देखाएर रातोपन र जलनको समस्या उत्पन्न हुन्छ । त्यसैले सधैंभरी थ्रेडिङको ३–४ घण्टा पछि मात्र घाममा निक्लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्