कुटाकुट हुँदा खोटाङमा एक युवकको मृत्यु



खोटाङः कुटाकुट हुँदा खोटाङमा एक युवकको मृत्यु भएको छ । झगडाका क्रममा कुटाकुट हुँदा खोटेहाङ गाउँपालिका-३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।

सोमबार साँझ कुटिएपछि घाइते भएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कुटपिटपछि घाइते भएका राईलाई घटनामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकोमा बिहान मृत्यु भएको स्थानीयले बताएका छन् । झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झगडा भएको थियो । उनीहरुबीचमा भएको झगडाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यचौकी चिसापानीमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्