धमाधम छुट्दै छन् ३३ किलाे सुनका अाराेपी



मोरङ : सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरले मंगलबार खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।  

खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै तारेखमा छोड्न माग राख्दै ७ असारमा निवेदन दिएका थिए ।

खनाल पक्राउ पर्नुअघि मकवानपुर प्रहरी प्रमुख थिए । ७ माघमा यूएईबाट आएको साढे ३३ किलो सुनका मालिक गोरे भनिने चूडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरू पक्राउ परेका थिए । 

 

यसअघि निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीलाई समेत उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सुनकाण्डमा पछिल्लो समय उच्च अदालतमा चढेको पेसीको सुनवाइ हुँदै प्रहरी अधिकारीहरू एकपछि अर्को गर्दै साधारण तारेखमा छुट्दै आएका छन् ।

 

याे खबर अाजकाे राजधानी दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ