राँगाको आक्रमणबाट घाइते नायब सुब्बा श्रेष्ठको निधन



काठमाडौं : राँगाको आक्रमणबाट घाइते भएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ। गत फागुन ११ गते चन्द्रागिरी–९ मच्छेगाउँमा भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते भएका चन्द्रागिरी नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा मंगलबार त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो।

नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आएका थिए। राँगाको आक्रमणबाट निधन भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। यस्तै फागुन ११ गते नै सोही राँगोको आक्रमणबाट मच्छेगाउँका स्थानीय ७० वर्षीय मानवीर महर्जनको समेत मृत्यु भएको थियो भने चन्द्रागिरी बस्ने देवी राना र मानकाजी महर्जन घाइते भएका थिए।

राँगाको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए। मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएर गोली हानी मारेका थिए।

प्रतिक्रिया दिनुहोस्