बलिउड अभिनेता सुशांत सिंह राजपूतले गरे आत्महत्या



काठमाडौं : बलिउड अभिनेता सुशांत सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण अझै स्पष्ट हुन सकेको छैन ।

प्राप्त जानकारीका अनुसार उनको घरेलु सहयोगले फोन गरी आत्महत्याको बारेमा प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक जानकारीका अनुसार उनी गत केही महिनादेखि डिप्रेसनमा थिए ।

उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।

‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।

फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

प्रतिक्रिया दिनुहोस्