बार्यनलाई लगातार आठौं पटक लिग उपाधि



एजेन्सी : बार्यन म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ ।

मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बार्यनले दुई खेल अगावै लिग उपाधि जितेको हो ।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

पोल्याण्डका फरवार्ड लेवान्डोस्कीले लिगमा ३१ औं गोल पुरा गरे ।

कुनै एक सिजनमा लिगमा धेरै गोल गर्दै विदेशी खेलाडीको कीर्तिमानी लेवान्डोस्कीले समेत बराबरी गरे ।

यसअघि सन् २०१६–१७ को सिजनमा आर्सनलमा रहेका फरवार्ड पियरिक ईम्रिक अबुमियाङले बोरुसिया डर्टमण्डबाट ३१ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्