चीनलाई जस्ताको त्यस्तै जवाफ फर्काउछौँ : भारतीय प्रधानमन्त्री मोदी



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई जवाफ दिने बताएका छन् ।

उनले चीनले लद्दाममा भएको भिडन्तपछि जस्तालाई त्यस्तै जवाफ फर्काउने चेतावनी दिएका हुन् ।

सोमबार लद्दाखमा चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा २० जना भारतीय सैनिक मारिएपछि श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री मोदीले यस्तो चेतावनी दिएका हुन् ।

‘हाम्रा सैनिकको बलिदान खेर जाँदैन भनी देशलाई सुनिश्चित गराउन चाहन्छु । हाम्रो लागि देशको एकता र सम्प्रभुता सबभन्दा महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘भारत शान्ति चाहन्छ तर आवश्यक परेमा जस्तालाई त्यस्तै जवाफ फर्काउने क्षमता हामीसँग छ । ’

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन् ।

चीनसँग तनाव बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। चीनसँगका विवादको विषयमा मौन बसेको आरोप लागेपछि यसमा राजनीतिक तहबाट समाधान खोज्‍न मोदीले पहल सुरु गरेका हुन्। त्यही क्रममा उनले बैठक बोलाएको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्