शीघ्र स्खलन कम गर्ने सजिला बिधि



एजेन्सी : यौन चाहाना शारिरीक चाहाना हो । चाहाना हुँदा हुँदै र यौन चाहाना पुरा गर्ने साथी हुँदा हुँदै पनि कहिले काहिँ शीघ्र स्खलनको समस्याले त्यो चाहाना पुरा गर्न समस्या हुन्छ । शीघ्र स्खलन धेरैजसो पुरुषलाई हुने समस्या हो । एकतिहाइ पुरुषले १८ देखि ५९ को उमेरभित्र यस्तो समस्या भोग्ने गरेको अध्ययनहरूले देखाएका छन् ।

उनीहरूका अनुसार आफ्नो यौन साथीसँगको यौन सम्पर्कलाई लम्ब्याउन चाहँदा–चाहँदै पनि शीघ्र स्खलन हुने गरेको छ । यो कुनै वंशानुगत बिरामी होइन, तर जसले यसको सामना गरेको हुन्छ उसलाई निकै तनाव हुन्छ ।

यसका लागि सजिला उपायः

स्टप स्टार्ट टेक्निक वा थेरापी

यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन । जस्तो कि शीघ्र स्खलन केही समय रोक्ने एउटा महत्त्वपूर्ण बिधि हो । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ ।

यो विधिलाई युरोलोजिस्ट डाक्टर सिमेनले सिफारिस गरेका हुन । यो टेक्निकमा दुवै पार्टनरको सहभागिता हुनुपर्छ । यसअन्तर्गत लिंग उत्तेजना हुन लागेको समयमा केही क्षण सम्पर्क रोक्ने अनि फेरि सम्पर्क गर्ने र त्यसलाई केही समय दोर्होयाउने । बढी संवेदनशील भागतर्फभन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्र स्खलनलाई रोक्न सकिन्छ ।

यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ । यसरी अभ्यास गर्दा कतिपय पुरुषको शीघ्र स्खलन रोक्न सक्ने क्षमता विकसित हुन्छ ।

स्कुइज टेक्निक

यसअन्तर्गत अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्दा पार्टनरमध्ये एक जनाले लिङ्गको टुप्पो समाउने र शीघ्र स्खलन रोक्ने प्रयास गर्नुपर्छ । यो विधिलाई पनि केही समय दोर्होयाउने अनि मात्र स्खलन गराउने ।

कतिपय पुरुषले यसलाई प्रभावकारी भएको माने पनि कतिपयका लागि यो प्रभावकारी नहुन सक्छ, त्यसैले उनीहरूले थप उपचारमा ध्यान र्पुयाउनुपर्छ । यौन एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन् । स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन् ।

अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावघि औसतमा ३ देखि ७ मिनट हुनु आवश्यक छ । केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्र स्खलनको अवस्था भनेर परिभाषित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्