अमेरिकामा २३ लाख ५५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार २२१ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ५५ हजार ७९९ पुगेको छ ।

सोमबार बिहानसम्म १ लाख २२ हजार २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ७९ हजार १९४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ५४ हजार ३५९ जनामध्ये १६ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्