गलवान भ्यालीमा ५६ चिनियाँ सैनिक मारिएको खुलासा



एजेन्सी– गत १५–१६ जूनमा पूर्वी लद्दाखको गलवान भ्यालीमा वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ सेनामाथि भारतीय सेनाले प्रतिकार गरेका थिए । जसमा ५६ जना चिनियाँ सैनिकको मृत्यु भएको भारतीय सेनाको स्रोतले जनाएको छ ।

भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ टोलीका कर्णेललाई भारतीय सेनाले नियन्त्रणमा लिएको थियो । उक्त क्षेत्रमा भएको हिंसात्मक झडपपछि भारतीय सेनाका २० हेलिकोप्टर आएर आफ्नो सैनिकको शव लगेका थिए ।

उक्त हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको भारतले सार्वजनिक गरेको छ । तर, चिनियाँ सेनाले भने आफ्नोतर्फ मृत्यु भएका सैनिकको संख्याका विषयमा केही खुलाएको छैन ।

सुरुआतमा चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले आफ्ना ३० सैनिक मारिएको सार्वजनिक गरेको थियो । पछि चिनियाँ सैनिकको हौसलामा आँच आउने भन्दै ग्लोबल टाइम्सले यो समाचार नै वेबसाइटबाट हटाएको थियो ।

चीनले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको वास्तविक संख्यामा पनि अहिलेसम्म खुलासा गरेको छैन । त्यही अनुरुप चिनियाँ सेनाको मृत्युको खबर पनि लुकाएको छ ।

चिनियाँ सैनिकले भारतमा पर्ने तर विवादित बनाइएको भूमि गलवान भ्यालीमा क्याम्प स्थापना गरेका थिए । यसअघिको समझदारीमा भारत–चीन कुनै पनि पक्षले यस क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउने र टेन्ट राख्न नपाइने, उक्त क्षेत्रमा नबस्ने अथवा उक्त क्षेत्रमा गोली चलाउन नपाइने उल्लेख छ ।

जून ६ मा भारत–चीनबीच भएको सैन्य वार्ताका क्रममा दुबै चीनले उक्त क्षेत्रबाट आफ्ना सेना हटार्ने सहमतिमा हस्ताक्षर भएको थियो । तर, उक्त सहमति उल्लंघन गर्दै चीनले भारतमाथि आक्रमण गरेको थियो ।

१५–१६ मा कर्णेलसहित बिहार रेजिमेन्टका २० जना सैनिक गस्तीका लागि गएका थिए । यद्पि भारतीय क्षेत्रतर्फ आएका चिनियाँ सैनिकले उनीहरुमाथि आक्रमण गरेको थियो । अहिले भारतीय सेनालाई गलत देखाउन पीएलएले उक्त क्षेत्रबाट टेन्ट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्