देशभर ५३ जना प्रहरीमा कोरोना संक्रमण



काठमाडौं : हालसम्म देशभर ५३ जना नेपाल प्रहरीमा कोरोना संक्रमण देखिएको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३८ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । जसमा दुई महिला प्रहरीसहित ३६ पुरुष छन् ।

हालसम्म कोरोना संक्रमति हुने प्रहरीमा कपिलवस्तुमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा १० सप्तरीमा ३, सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सर्लाहीमा २, रौतहटमा ४, महोत्तरीमा २, जुम्लामा २, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, काठमाडौंमा ४ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ

यसैगरी विभिन्न जिल्लामा गरि ५९ प्रहरी क्वारेन्टाइनमा छन् । जसमध्ये डोल्पामा ६, हुम्लामा ४, सुर्खेतमा १, मोरङमा १, सिन्धुपाल्चोकमा ३, रामेछापमा ८, रौतहटमा १०, तेह्थुममा ५, मनाङमा ५, प्यूठानमा १, गुल्मीमा २, कास्कीमा एकजना क्वारेन्टाइनमा छन् । यस्तै बर्दियामा ३, मकवानपुरमा २, कञ्चनपुरमा ३, अछाममा १, डोटीमा १, काठमाडौंमा १ र ललितपुरमा १ जना प्रहरी क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्