फुर्सदिला ट्राफिक प्रहरी अनि सुनसान काठमाडाैंका सडक (फाेटाेफिचर)



काठमाडौं: दसैं मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका काठमाडौँ उपत्यकाका सडक सुनसान बनेको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा २१ लाख यात्रु यात्रु बाहिरिएका हुन्।

 

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ। टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए।

 

दसैंभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने गरेका छन्। 

 

काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन्। अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन्।

तस्बिरहरु :

 

प्रतिक्रिया दिनुहोस्