चक्कु प्रहार गरी श्रीमतीको हत्या



काठमाडौंः काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

टोखा नगरपालिका-३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ प्रहरीले जनाएको छ ।

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थल मै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाकोबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्