२० महिला पत्रकारमाथि यौन हिंसाको आरोप लागेका मोदीका मन्त्रीले दिए राजीनामा



महिला पत्रकारमाथि कार्यस्थलमा वर्षौं पहिले गरेको यौन उत्पीडनको आरोपमा भारतका एक मन्त्रीले राजीनामा दिएका छन्। भारतीय जनता पार्टी (भाजपा) नरेन्द्र मोदी नेतृत्वमा रहेको भारत सरकारका विदेश राज्यमन्त्री एमजे अकबरले बुधबार राजीनामा दिएका छन्। अकबरले आफूले अदालतबाट न्याय पाउने आशमा पदबाट राजीनामा दिएको बयान दिएका छन्।

 

एमजे अकबरले राजीनामा पत्रमा लेखेका छन्, ‘मैले व्यक्तिगत रूपमा अदालतबाट न्याय पाउने निर्णय गरेको छु। यसैले मलाई लाग्छ कि राजीनामा दिनुपर्छ। ममाथि लागेका तथ्यहीन आरोपको सामना निजी रूपमा नै गर्नुपर्छ न कि एक मन्त्रीको हैसियतमा। त्यसैले म भारतको विदेश राज्यमन्त्रीको पदबाट राजीनामा दिँदैछु।

 

खुसी लागेको छ कि प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले मलाई देशको सेवा गर्ने मौका दिए।’ भारतमा पुगेको ह्यासट्याग मी टू ( #MeToo ) अभियान चलेको छ। जसअन्तर्गत भारतका र विदेशका २० महिलाले एमजे अकबरले कार्यस्थलमा रहँदा यौन हिंसा गरेको आरोप लगाएका थिए।

 

अकबरलाई महिला पत्रकारहरूले विभिन्न छलफल र कार्यक्रमका लागि होटलमा बोलाउने गरेको र त्यहाँ यौन हिंसा गर्ने गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा त्यसबेलाका घटनाबारे लेख लेखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्