बलिउडमा सलमानका दुश्मनहरु



एजेन्सी : बलिउडको सुपरस्टार सलमान खानलाई मनपराउने मान्छेहरुको कमी छैन् । यसका साथै उनले बलिउडमा धेरै नायक र नायिकाहरुलाई डेब्यु गराएर सफल पनि बनाइ दिएका छन् । तर बलिउडमा यस्ता केही कलाकार छन् जसको करियर सलमान खानको कारण बर्बाद पनि भएको छ । सलमान खान सँग राम्रो सम्बन्ध नभएका कलाकारहरुमा विवेक ओबराय, ऐश्वर्या राय, अरिजीत सिंह, अर्जुन कपूर, र मलाइका अरोडा लगायतका रहेका छन् । 

सलमान खान र विवेक ओबरायको दुश्मनीको कारण ऐश्वर्या हुन् । सलमान र ऐश्वर्याको प्रेम सम्बन्धमा थिए । त्यति नै बेला विवेकले सलमानको बदनाम गरेका थिए । उनले पत्रकार सम्मेलन गरेर नै सलमानको बारेमा नराम्रो प्रचार गरे पछि उनीहरु बीच सम्बन्ध विग्रिएको थियो । सलमानसँग शत्रुताका कारण नै विवेकको केरियर विस्तारै ओरालो लागेको थियो ।

बलिउडको उदारणीय प्रेम जोडीको रुपमा चिनिएका सलमान र ऐश्वर्याको सम्बन्ध दुश्मनीमा बदलिएको थियो । ऐश्वर्यासँग सम्बन्धमा रहँदा सलमानले विभिन्न हर्कत गरे पछि ऐश्वर्या उनीसँग टाढिइन् । सलमानलाई ऐश्वर्याले गाली र मारपीट गरेको मुद्दा पनि चलाएकी थिइन् । त्यसपछि उनीहरु बीच दुश्मनीको सुरुवात भएको थियो ।

अरिजीत सिंह पनि सलमान खानको दुश्मनहरुको समूहमा सामेल छन् । एक अवार्ड कार्यक्रममा सलमानले अरिजीतलाई ‘के तिमी सुतिरहेका थियौँ ?’ भन्ने प्रश्नको जवाफमा अरिजीतले पनि कडा उत्तर दिएका थिए । जसका कारण सलमान उनीसँग रिसाएका थिए । जसले गर्दा सलमानले आफ्नो फिल्म ‘सुल्तान’ बाट अरिजीतको गीत हटाइ दिएका थिए । पछि अरिजीतले सामाजिक सञ्जालमा माफि पनि मागेका थिए, तर सलमानले त्यसको कुनै जवाफ दिएनन् । 

अर्जुन कपूरसँग उनको दुश्मनीको कारण मलाइका अरोरा अर्थात उनकी बुहारी हुन् । उनले अर्जुन कपूर र मलाइकाको सम्बन्धको बारेमा थाहा पाए पछि अर्जुन कपूरलाई सोधेका थिए । तर अर्जुन कपूरले अस्वीकार गरिदिएका थिए । जसले उनीहरुको सम्बन्ध बिग्रिएको  थियो । 

सलमानका भाई अर्थात नायक अरबाजसँग सम्बन्ध विच्छेद गरेकी मलाइकाले अर्जुन कपूरसँग सम्बन्ध अगाडि बढाउन थाले पछि सलमानले उनको फिल्ममा मलाइकालाई नराख्ने निधो गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्