अरुणिमा सिंहाको बायोपिकमा आलिया



एजेन्सी : बलिउड नायिका आलिया भट्टले विश्व कै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी छिन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा एक किताब प्रकाशित गरेकी छिन् । ‘बर्न एगेन टु दि माउन्टेन’ नामक किताबमा उनले आफ्नो जीवनको संघर्षलाई उतारेकी छिन् । यो किताब अहिले आलियाले पढिरहेकी छिन् ।

यस फिल्मको लागि आलियाले पनि भरपूर मिहिनेत गरिरहेकी छिन् । यस फिल्मको छायांकन २०२० मा गरिने छ ।  आलिया अभिनित फिल्म ‘गल्ली ब्वाई’ हालै मात्र रिलिज भएको छ । यस फिल्मबाट उनको कामका निकैे प्रशंसा भएको छ । अहिले आलिया फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छिन् । उनी अभिनित ‘कंलक र सडक २’ रिलिजको तयारीमा रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्