महाशिवरात्रीमा तौलेश्वर मन्दिरमा दर्शनार्थीको भिड  



काठमाडौं : महाशिवरात्रि पर्वको अवसरमा कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा आज विहानै देखि हजारौं भक्तजनहरुको भिड लागेको छ । तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको दिन दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।  

मन्दिर क्षेत्रअन्तर्गत आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था गरिएको तौलेश्वर शिवजी मन्दिर सञ्चालक समितिले जनाएको छ । 

भगवान गौतमबुद्धको जन्म भए पछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ । यस मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्छ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बनेको छ । 

 

प्रतिक्रिया दिनुहोस्