भन्सालीको फिल्ममा फेरि सलमान र ऐश्वर्या



एजेन्सी : करीब २० वर्ष पछि बलिउड सुपरस्टार सलमान खान र प्रख्यात निर्देशक सञ्जय लीला भन्सालीको एक रोमान्टिक प्रोजेक्टमा टिमअप भएको छ । यो फिल्मको नाम ‘हम दिल दे चुके सनम २’ हुनसक्ने चर्चा रहेको छ । तर, अहिले सम्म आधिकारिक रुपमा यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । यो फिल्मका लागि अहिले नायिकाको खोजी कार्य भैरहेको छ । 

उक्त रोमान्टिक फिल्ममा सलमान आफ्नो अपोजिटमा नायिका कैटरीना कैफलाई लिन चाहन्छन् । तर, भन्सालीले आफ्नो निर्णय दिन हतार गरेका छैनन् । खबरअनुसार, उनी सलमानको हिरोइनको रुपमा दीपिका पादुकोणलाई लिन चाहन्छन् । तर, अहिले सम्म लिड रोलमा नायिका भने फाइनल भएको छैन ।

 

निर्देशक भन्साली आफ्नो यस प्रोजेक्टका लागि ऐश्वर्या राय बच्चनलाई मनाउने कोशिश गरिरहेको पनि चर्चा छ । पहिला यो फिल्ममा सलमानको अपोजिटमा अनुष्का शर्माको नाम भन्सालीले सुझाएका थिए । आलिया भट्ट र जाह्नवी कपूरको नाममा पनि भन्सालीले विचार गरिरहेका छन् । तर, उनी दुई नायिकासँग सलमानको जोडी जम्नेमा सशंकित छन् । 

यस फिल्ममा प्रियंका चोपडाको कास्टिङ पनि सम्भव छ । हालै ‘कफि विद करण ६’ मा उनले कुनै एक प्रोजेक्टमा भन्साली र विशाल भारद्वाज बीच कुरा भइरहेको बताएकी थिइन् । यसकारण यो रोमान्टिक फिल्ममा प्रियंका देखिने सम्भवना पनि बलियो छ । तर, ऐश्वर्याले सलमानसँग फिल्म गर्न तयार भएको खण्डमा फेरि भन्सालीको फिल्ममा सलमान र ऐश्वर्याको जोडीलाई हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्