मृगौला पीडि सामाजिक अभियानता लोहनीलाई अमेरिकाबाट आर्थिक सहयोग



विराटनगर : लामो समयदेखि सामाजिक अभियन्ताका रुपमा सक्रिय उदयपुरका लालबाबु लोहनीका उपचारका लागि अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

बिदिबदगमानव अधिकार र दलित अधिकारका लागि सक्रिय रुपमा लागेका सामाजिक अभियन्ता डिबी सागरको पहलमा डिबी सागर, धर्म विश्वकर्मा, गोपाल विश्वकर्मा, मनोज विश्वकर्मा, कृष्ण विश्वकर्मा, पूर्णसिंह बराइली, रमान लाम्गादे, अमृत राई, दान विश्वासी र कुलबहादुर विश्वकर्माले जम्मा गरेको एक लाख ३६ हजार ७ सय ६७ रुपैयाँ बिहीबार वितरण गरिएको छ ।

अधिकारकर्मी लोहनीको उपचारका लागि नेपालबाट सामाजिक उद्यमी राजन लोहनीको पहल तथा व्यावस्थापनमा बिहीबार अधिकारकर्मी अमर बराइलीले लालबावु लोहनी र उनका परिवारलाई हस्तान्तरण गरे । लोहनीको हाल विराटनगरस्थित नोबेल हस्पिटलममा उपचार भइरहेको छ ।

विगत ४ वर्षदेखि दुबै मृगौला खराब भई विराटनगरमा निरन्तर उपचार गराउँदै आएका लोहनीले पटक पटकको मृगौला डाईनोसिस गर्दा धेरै रकम खर्च भई थप उपचारमा समस्या परेपछि लोहनी परिवारले सहयोगको याचना गरेका थिए ।

थप उपचारका लागि काठमाडौं लानुपर्ने र आवश्यक पर्ने रकम आफुसँग नभएको भन्दै सहयोगको याचना गरेपछि अमेरिकामा बस्ने सहयोगी हातहरुले पैसा संकलन गरेर नेपाल पठाएका थिए ।

हाल कोरोना महामारीका कारण झन पिडामा रहेको र आफु आर्थिक रुपले निकै कमजोर भएको बेलामा यो रकमले थप उपचारका लागि सहयोग पुग्ने लोहनकिी श्रमिति रामवती विश्वकर्माले बताइन् । उनले श्रमिानको सहयोगका लागि रकम जुटाइदिएकोमा धन्यवाद पनि दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्