सडक हरियाली बनाउन वृक्षारोपण सुरु



काठमाडौंः वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकामा वृक्षरोपण सुरु भएको छ ।

शनिबार सडकको दायाँबायाँ पेटीमा बृक्षरोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नं.५ प्रदेश निर्वाचन नं.१ को वडा नं.२, ४ र ५ को सडक पेटीमा वृक्षारोपण गरिने छ ।

हरियाली प्रवर्द्धन उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो । प्रदेश सांसद नारायण सिलवालको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७६-७७ अन्तरगत काठमाडौंमा हरियाली प्रवर्धन गर्न योजना ल्याइएको हो ।

शनिबार सुरु भएको वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य, नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल, प्रदेश सांसद सीता अधिकारी दाहाल, प्रदेश सांसद दिपक निरौला, नेकपा केन्द्रीय सदस्य हिमाल शर्मा, संविधानसभा सदस्य रत्न गुरुङको सहभागिता थियो ।

काठमाडौं २, ४ र ५ का वडाध्यक्षहरू राजेन्द्र श्रेष्ठ, मोहन विष्ट र रमेश डङ्गोलले पनि वृक्षारोपण गरेका थिए । सामाजिक दुरी कायम गर्दै भएको वृक्षारोपणमा वडा सदस्य, स्थानीय, समाजसेवीलगायतको उपस्थिति थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिलवालले वृक्षरोपण गरिएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गरे । काठमाडौंको सडक हरियाली बनाउने आफूहरूको योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्