सरकारलाई जगाउन जनकपुरमा सिटी जुलुस



ज्नकपुरधामः नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ धनुषाले आज (शनिबार) जनकपुरमा सिटी जुलुस निकालेको छ ।

उनीहरुले वर्तमान सरकार बहिरा सरकार रहेको भन्दै सरकारलाई जगाउने उद्देश्यले आज सिटी जुलुस निकालेको बताएका छन् । जुलुसमा सहभागीहरुले विभेदकारी नागरिकता बिधेयक खारेज गर,राजु सदाको हत्यारालाई कारबाही गर,प्रादेशिक अस्पताल जनकपुरलाई भ्रस्टाचारमुक्त गरलगायतका नाराहरु लगाउँदै नगर परिक्रमा गरेका थिए ।

नेपाल तरुण दल जनकपुर नगर सभापति पंकज महतोको नेतृत्वमा आयोजित सिटी जुलुसमा नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण,उपाध्यक्ष राकेश बिक्रम साह,कोषाध्यक्ष अन्जनी झा,विनय यादव,बिनय राय,सुभाष पाठक,महेश कुमार साह,सुधिरनारायण साह,रबि साह,जितनारायन साह,रुद्र नारायण साह,बिजय महता,बलराम गुप्ता,बलराम साह,बिजय यादव,मनिष कर्ण,रुपक श्रेष्ठ ,नेविसंघका नेता संजिप यादव,ममता महतो,कपिलदेव यादव,सुजित मिश्रा,सुजित यादव,उदित मिश्रा,सुनिल सुमन,सुमन ठाकुर, मनिष यादव ,नरेन्द्र कर्ण लगायतकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्