धनगढीबाट बझाङ जाँदै गरेको ट्रक दुर्घटनामा एक जनाको मृत्यु



धनगढीः धनगढीबाट बझाङ जाँदै गरेको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बैतडीमा भएको दुर्घटनामा ट्रकका सहचालक रहेका डोटीको जोरायल गाउँपालिका-२ बुडरका २० वर्षीय भुवन सुब्बाको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

आइतबार दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गई रहेको ना ६ ख ४४५० नं.को ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटनामा परेको थियो । ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्