कैलालीको एक क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डस्यो



धनगढी : कैलालीको एक क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डसेको छ। २२ दिनदेखि क्वारेन्टिनमा बसेका ती युवकलाई शुक्रवार राति सर्पले डसेको हो ।

२२ वर्षीय उनी गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए ।

ती युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो ।

प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । सेनाको उपचार केन्द्रमा पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्