छाब्दी मन्दिरको शंख चोरी


तनहुँ : धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ ।

सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए ।

मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए ।

स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइएको व्यास–१४ का वडाध्यक्ष काजीराम श्रेष्ठले बताए । तोकिएको समयअवधिमा अनावश्यक हिँडडुल गरेमा कानूनअनुसार कारवाही गरिने निर्णय भएको उनले जानकारी दिए । रातको समयमा मन्दिरमा पसेर चोरी गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८