रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र


रोल्पा : निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौ बित्दा पनि सकिएको छैन ।

जलजला पर्यटन मार्ग निर्माण गर्ने जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो । रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए । पच्चीस किलोमिटर लामो उक्त सडकको हालसम्म पैँतालीस प्रतिशत काम मात्र भएको बताइएको छ ।

उक्त सडक योजना रौताहा हरिहर निर्माण सेवाले करीब रु २१ करोडमा सम्पन्न गर्ने गरी बोलकबोल गरेको थियो । सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई हस्तान्तरण गरेको थियो । दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो ।

मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताए । समस्या समाधानका लागि स्थानीय प्रशासनलगायत विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकाए । ‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा –१० का मोतीलाल डाँगीले भने । मेसिनरी वालको जग कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ ।

आर्थिक वर्ष २०७७/०७८ असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आवमा काम हुन नसकेको बताइएको छ । चालु आवका लागि प्रस्तावित करीब रु चार करोड रकम फ्रीज हुने देखिएको स्थानीयवासीको भनाइ छ । कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको रोल्पा–१० का वडाध्यक्ष खत्रीले भने ।

पर्यटकीय दृष्टिकोणले अब्बा मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला