काठमाडौं उपत्यकामा पनि देखियो सलह



काठमाडौं : काठमाडौं उपत्यकामा पनि सलह प्रवेश गरेको छ । शनिबार प्रदेश २ र प्रदेश ५ मा प्रवेश गरेको सलह आइतबार काठमाडौं उपत्यकामा देखिएको हो ।

मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको विज्ञहरुले बताएका छन् ।

तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् ।

नार्कका कीटविज्ञ सुदीप उपाध्यायका अनुसार सलह दिउँसो बढी सक्रिय हुने र राति निष्क्रिय भइ एकै ठाउँमा जम्मा भएर बस्ने बताए ।

उनले सलहलाई जाली थापेर प्रभाव कम गर्न सकिने बताउँछन् । साथै राति रासायनिक विषादी प्रयोग गरेर नियन्त्रणमा गर्न समेत सक्ने बताए ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्