शिवरात्रीमा ‘महादेव’ बने राजेश



काठमाडौं : नेपालभर  महाशिवरात्री पर्व धुमधामले मनाइएको छ । नेपाली फिल्मका कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् । नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । राजेशको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि रमाइ रहेका हुन्छन् ।

शिवरात्री पर्वको अवसर पारेर केही फ्यानले उनलाई महादेव नै बनाएका छन् । राजेश आफैले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिएका छन् । अहिले नायक राजेश हमाल फिल्ममा भन्दा रियालिटी शोमा व्यस्त रहेका छन् । फिल्ममा व्यस्त नभए पनि राजेशको क्रेज उस्तै रहेको छ । सामाजिक संजालमा उनको ट्रोल खुबै बन्ने गरेको छ । शिवरात्रीमा पनि उनको ट्रोल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्