ललितपुरमा थप एक जनामा कोरोना संक्रमण



ललितपुर : ललितपुरमा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेका हुन् ।

आइतबार मात्रै थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्