रानी र ऐश्वर्या कसरी बेस्टफ्रेण्डबाट दुश्मन बने



एजेन्सी :  बलिउडको चर्चित नायिकाहरुमा ऐश्वर्या राय बच्चन र रानी मुखजी पर्छिन् । कुनै समयमा यि दुवै नायिकाहरु बेस्टफ्रण्ड थिए । विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या र विभिन्न फिल्मबाट  निकै माया पाएकी रानी बीच प्रगाढ सम्बन्ध थियो । यी दुई एक अर्काका असल र नजिकका साथी थिए ।

तर समयसँगै यी दुवै जनाको बीचमा टकराव भयो । एक अर्कालाई माया र सम्मान गर्ने रानी र ऐश्वर्या एक अर्काका दुश्मन बने । दुश्मनीले यस्तो रुप लियो कि यी दुईले आफ्नो बिहेमा एक अर्कालाई निम्तो पनि दिएनन् । भारतीय मिडियाका अनुसार यसको कारण शाहरुख खानको फिल्म ‘चलते चलते’ हो ।फिल्म ‘चलते चलते’ मा सुरुवाती चरणमा ऐश्वर्यालाई लिइएको थियो । तर शाहरुखले ऐश्वर्याको ठाउँमा रानीलाई प्रवेश गराएका थिए ।

यसको कारण सलमान र ऐश्वर्या बीचको झगडा थियो । फिल्मको सुटिङ चल्दा चल्दै सलमान र ऐश्वर्याको ब्रेकअप भयो जसको कारणले सलमानले फिल्मको सेटमा नै निकै हङ्गामा मच्चाएका थिए । फिल्म सुटिङमा कोहि कसैको अवरोध नहोस् भन्ने उद्देश्यका साथ शाहरुखले ऐश्वर्यालाई हटाएर रानीलाई राखेका थिए । 

अभिषेक र रानीले ‘युवा’, ‘बन्टी और बबली’, र ‘कभी अलविदा न कहना’ जस्ता फिल्ममा सँगसँगै काम गरेका थिए । त्यस बेला यी दुईको अफेयरको चर्चा चलेको थियो । अमिताभले रानीलाई मन पराएका कारण यी दुईको इन्गेजमेन्ट समेत भएको तर जयाको कारण ब्रेकअफ भएको थियो । त्यस लगत्तै ऐश्वर्या र अभिषेकको विहेको चर्चा चल्यो ।

ऐश्वर्याले उनको बिहेमा रानीलाई बोलाइनन् । ऐश्वर्याले बिहेमा नबोलाए पछि रानीले एक सार्वजनिक कार्यक्रममा अभिषेक आफ्नो को–स्टार मात्र भएको र उनीसँगको सम्बन्ध फिल्म सेटमा मात्र भएको बताइन् । उनले बिहेमा समेत बोलाउन नचाहानु भनेको उक्त व्यक्ति कति धेरै असन्तुष्ट थिइन् भन्ने झल्किन्छ । केहि समय पछि रानीले पनि आदित्य चोपडासँग बिहे गरिन् । उनले पनि आफ्नो बिहेमा ऐश्वर्यालाई बोलाइनन् । यसरी यि दुईको सम्बन्ध बेस्टफ्रण्डबाट दुश्मनमा परिणत भएको थियो ।   

 

प्रतिक्रिया दिनुहोस्