बाबा रामदेवविरुद्ध मुद्दा दर्ता



एजेन्सी– बाबा रामदेव, आचार्य बालकृष्णविरुद्ध मुद्दा दर्ता भएको छ ।

भारतको राजस्थानको राजधानी जयपुरमा एक वकिल उनीहरू विरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

जयपुरका एसीपी अशोक गुप्ताले विनाकुनै परीक्षण कोरोना भाइरसको औषधि विकसित गरेको दाबी गरेकोमा बाबा रामदेवकाविरुद्ध उजुरी प्राप्त भएको जानकारी दिएका छन् ।

यसअघि जून २६ मा राजस्थानको स्वास्थ्य विभागले पतञ्जलिको औषधि कोरोनिललाई लिएर जयपुरको एनआईएमएस अस्पताललाई एक पत्र पठाएको थियो ।

अधिकारीहरूले शुक्रबार सो पत्रमा अस्पताल प्रशासनसँग कोरोना भाइरसका बिरामीमा पतञ्जलिको औषधि ट्रायल गरेको बारेमा स्पष्टीकरण मागेको थियो ।

यद्यपि आयुष मन्त्रालयले सो औषधि लन्च भएको केही घन्टामा नै प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्