आफू सम्बन्धमा रहेको कंगनाको खुलासा



एजेन्सी : बलिउडकी नायिका कंगना रनावत विभिन्न बहानामा चर्चामा रहि रहन्छिन् । हालै कंगनाले आफ्नो सम्बन्धको बारे खुलासा गरेकी छन् । उनले आफ्नो जीवनमा कोही आएको बताएकी छन् । तर उनले आपूm सम्बन्धमा रहेको व्यक्तिको नाम भने खुलाएकी छैनन् । ‘म खुसी छु र एक्लोपन हटेको छ’, कंगनाले भनिन् ।

कंगनाले ‘अब मेरो जिन्दगीमा कोही खास छ । म आज जुन स्थानमा छु त्यहाँ पु¥याउन कसैको साथ जरुरी थियो’, उनले भनिन्, ‘आजसम्म आइपुग्दा मेरा कयौं अफेयर चले । प्रत्येक ब्रेकअप पछि लाग्थ्यो अब मेरो लभ लाइफ सकियो तर पछिल्लो केही महिनामा फेरि प्रेम पलाएको छ । यो एउटा नौले अनुभव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्