बलिउडमा कुन नायिकाको कति सम्पति



एजेन्सी : बलिउडमा धेरै चर्चित र सफल नायिकाले भरिएको छ । उनीहरुको फिल्म पनि धेरै चल्छ, यसका साथसाथै उनीहरुको कमाई पनि धेरै हुन्छ । आज हामी बलिउडमा कुन नायिकाको कति सम्पति छ, भन्ने विषयमा चर्चा गर्दैछौं ।   

ऐश्वर्या राय बच्चन : बलिउड नायिका मध्ये सबै भन्दा धनी बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनलाई मानिन्छ । ऐश्वर्यासँग ३५ मिलियन डलर भन्दा बढीको सम्पत्ति रहेको बताइन्छ ।

प्रियंका चोपडा : बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकामा प्रियंका चोपडा पर्छिन् ।  उनी हलिउड र बलिउड दुवैमा चर्चित छिन् । अहिले समेत हलिउड शो क्वान्टिकोमा व्यस्त प्रियंकाको सम्पत्ति ८ मिलियन डलर रहेको छ ।

अमिषा पटेल : ब्लकबस्टर फिल्म ‘कहो न प्यार हे’ बाट डेब्यू गरेकी नायिका अमिषा पटेल पछिल्लो समयमा फिल्मबाट टाढा रहेकी छिन् । उनी सामाजिक संजालमा आफ्ना बोल्ड फोटो शेयर गर्दै  चर्चामा रहन्छिन् । अमिषाको सम्पत्ति ३० मिलियन डलर रहेको बताइन्छ ।

अमृता राव : विवाह फिल्मकी सुपरहिट नायिका अमृता रावको बलिउड करिअर त्यति लामो समयको नभए पछि उनी तेलुगु फिल्म तिर लागिन् । अमृतासँग करिब २० मिलियन डलरको सम्पत्ति रहेको छ ।

काजोल : डिडिएलजे गर्ल भनेर चिनिने नायिका काजोल पनि यो सूचीमा पर्छिन् । फिल्ममा दमदार अभिनयका कारण परिचित काजोल पछिल्लो समय बलिउडका सिंघम अजय देवगनसँग विवाहित जीवन बिताइ रहेकी छिन् । काजोलसँग १६ मिलियन डलरको सम्पत्ति रहेको छ । 

इलियाना डिक्रुज : दक्षिण भारतीय फिल्मबाट चर्चामा आए पछि बलिउडमा बर्फी फिल्म मार्फत आएकी इलियाना अहिले टप हिरोइनमा पर्छिन् । उनको सम्पत्ति १४ मिलियन डलर रहेको छ ।

करिश्मा कपुर : ९० को दशकको हिट हिरोइन करिशमा कपुर पछिल्लो समय फिल्मबाट केही टाढा छिन् । आफ्नो समयमा गोविन्दासँगको जोडीका कारण निकै हिट करिश्माको सम्पत्ति १२ मिलियन डलर रहेको छ ।

डिम्पल कपाडिया : बलिउड सुपरस्टार रहेका राजेश खन्नाकी पत्नी तथा आफ्नो समयकी चर्चित नायिका डिम्पल कपाडिया पनि यो सूचिमा पर्छिन् । फिल्म बबीबाट बलिउड केरियर सुरु गरेकी कपाडिया अहिले पनि केही फिल्ममा देखिन्छिन् । उनको सम्पत्ति १० मिलियन डलर रहेको छ ।

प्रिती जिन्टा : एक समय कंगाल बन्ने अवस्थामा पुगेकी नायिका प्रिती जिन्टा अहिले भने धनी नायिकाको सूचीमा पर्छिन् । अहिले उनको आइपिएल टिम पनि छ । उनको सम्पत्ति १० मिलियन डलर रहेको छ ।

मल्लिका शेरावत : आफ्नो समयकी सुपरहिट नायिका मल्लिका शेरावत हलिउड सम्म पुगिसकेकी छिन् । फिल्म मर्डरबाट निकै चर्चा कमाएकी उनको कूल सम्पत्ति १० मिलियन डलर रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्