नायिकाबाट निर्मात्री तर्फ आलिया



एजेन्सी : अहिलेको चर्चित नायिकाहरुमा पर्छिन् आलिया भट्ट । उनको फिल्महरु पनि लगातार हिट भइरहेको छ । उनको फिल्म गुली वाँय हालै रिलिज भएको छ । यस फिल्मले राम्रै व्यापार गरेको छ । यसले आलियाले राम्रै कमाइ गरिरहेको देखाउँछ । 

केहि दिन अगाडि नायिका आलिया भट्टले अपार्टमेन्ट किनेको भन्ने चर्चा चलेको थियो । तर, आलियाले यो कुरालाई अस्विकार गरेकी छिन् । आलियाले भनिन्– ‘हो, मैले अपार्टमेन्ट किनेकी हुँ । तर, अहिले मेरा घर भएको ठाउँमा नै किनेकी हुँ । यो अपार्टमेन्ट मैले विशेष गरि, अफिसका लागि किनेकी हुँ ।’ उनले, आफू आफ्नो परिवार छाडेर कतै पनि नजाने पनि स्पष्ट पारेकी छिन् ।

उनी अगाडि भन्छिन–‘हो, म अब आफ्नै निर्माण कम्पनी सुरु गर्दैछु । मैले यसको नाम ‘इर्टरनल सनसाइन प्रोडक्शन’ राखेकी छु । के तपाइलाई यो मन पर्यो ?’ आलियाले आफूलाई हेर्न मन लाग्ने फिल्महरु आफ्नो कम्पनीबाट निर्माण गर्ने बताइन् । तर, उनले यो अपार्टमेन्ट आफू र रणवीर कपुरका लागि नकिनेको समेत स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्