गोठको रुपमा परिणत हुँदै पर्साको पशु सेवा केन्द्र



वीरगञ्ज : पर्साको पशु सेवा केन्द्र विगत एक वर्षदेखि बन्द हुँदा गोठको रुपमा परिणत भएको छ भने स्थानियवासी सेवा लिनबाट बञ्चित भएका छन् ।

पर्साको बहुदरमाई नगरपालिका–६ गम्हरीया टोलमा रहेको पशु सेवा केन्द्र विगत एक वर्षसम्म बन्द हुदाँ गम्हरीयासहित नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मको सेवा प्रभावित भएको छ ।

त्यसोत पशु सेवा केन्द्र खण्डरको रुपमा परिणत भएको छ भने सम्बन्धित निकाय मौन छ ।

कार्यालयको मुल गेटमै जथाभावी झारपाल उम्रिएको छ । कार्यालयको नाम समेत लेखिएको होडिङबोर्ड च्यातिर अवस्थामा छ ।

वार्षिक ४० हजार घरको भाडा तिर्ने गरिपनि एक वर्षदेखि कार्यालय बन्द नै रहेको स्थानिय बताउँछन् ।

स्थानियले पशु चौपायामा रोग लाग्दा महंगो शुल्क तिरेर निजि पशुचिकित्सकसँग उपचार गराउँन बाध्य छन् । पशु सेवा केन्द्रमा एक जना भेटनरी चिकित्सकसहित तीन जनालाई खटाइए पनि समयमा सेवा केन्द्रमा उपस्थित नहुँदा पशुपन्छीलाई उपचार गराउन समस्या आउने गरेको स्थानिय बताउछन् ।

पहिला १० रुपैयाँ तिरेर स्वास्थ्य लाभ लिँदै आएका स्थानिय सम्सुदीन देवानले अहिले १ सय ५० रुपैयाँ तिरेर निजि पशुचिकित्सकसँग उपचार गराउनुपरेको बताउछन् । स्थानिय सरकार आएदेखि नै नियमित पशु सेवा केन्द्रमार्फत कुनै प्रकारको सेवा नपाएको उनको गुनासो छ ।

२०४७ सालमा स्थापना भएको यो पशु सेवा केन्द्रलाई अहिलेसम्म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्शिवाद प्राप्त भएको छैन । न्यून स्तरका किसानले आफ्नो पालनपोषण तथा दैनिक दिनचर्याका लागि पालने चौपायाको लागि उचित उपचार थलो हुन सकेको छैन ।

स्थानिय रामेश्वर प्रसाद मण्डलले पनि यो पशु सेवा केन्द्रमार्फत कुनै सेवा प्राप्त हुन नसकेको गुनासो गरे । उनले भने–‘एक वर्षदेखि केन्द्र बन्द रहेको छ । अहिलेसम्म कुनै प्रकारको सेवा उपलब्ध भएको छैनन् । सेवा केन्द्र बन्द रहेको देखेपछि गाउँ घरमै घुमेर उपचार गर्न आउँने चिकित्सकलाई शुल्क तिरेर उपचार गराउँछौ ।’

बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले पालिकामा जनशक्ती अभाव भएका कारण पशु सेवा केन्द्रमा न्यून उपस्थिती भएको स्वीकार्य गरे । कार्यालय सञ्चालन नभएपनि स्थानियले बोलाएको बखत गाउँ घरमै पुगेर सेवा प्रभाव गरिरहेका छन् साथै नगरपालिको विषयगत शाखामा पनि उपस्थित भएर सेवा दिईरहेको उनले बताए ।

उनले भने–‘पशु सेवा केन्द्रका प्रमुखलाई नगरपालिकाको सम्बन्धित शाखामा काममा खटाउने गरेका कारण नियमित रुपमा सेवा केन्द्रमा उपस्थित हुन सकेको छैनन् । आउने बोर्ड बैठकबाट थप जनशक्ति बढाएर व्यवस्थित रुपमा बनाउदै लैजनाले बताए ।

पशु सेवा केन्द्रको लागि विगत तीन वर्षदेखि नगरपालिकाले दुई पटक गरी २० लाख रुपैयाँ बजेट मात्र छुट्याएको थियो । सेवा उपचार, पशुपालक समूह गठन, घाँस वितरण, भेक्सीनेशन, चरचरे रोग, पिपिआए म्याक्सीनेश लगायतको कार्यक्रममा १० लाख मात्र खर्च गरेपनि १० लाख रुपैयाँ खर्च नगरेपछि फ्रिज समेत हुन पुगेको छ । तर, अहिलेसम्म केन्द्रको स्तर उन्नती देखिएको छैन ।

बढी कमिसन आउने भएकोले निर्वाचित जन प्रतिनिधहरुलाई सडक, नाला, तालिम सञ्चालनबाट फुर्सद नभएको देखिन्छ । जनताको प्रत्यक्ष सरोकारको कार्य सेवा केन्द्रहरुको अवस्था दैनिय कुनै ठूलो र नौलो कुरा होइन् । नेपालको स्थानीया तह सञ्चालन ऐन २०७२ को अधिकार प्रयोग गरेर स्थानीय जन प्रतिनिधिले चाहेमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यलाई सुधार गर्न सक्छ ।

ऐनको परिच्छेद ११ मा दिएको अधिकार प्रयोग गरी जन प्रतिनिधि अफ्ना आधार क्षेत्रलाई आवश्याक जनताको हरेक इच्छालाई सजिलै पूर्ती गर्न सकिन्छ । तर, इच्छा शक्ति देखाएका छैनन् । मुलुकको सविधान तथा सरकारको स्थानिय तह सञ्चालन ऐनले समेत प्रत्येक गाउँपालिका वा नगरपालिकाको विकास गर्ने जिम्मा स्थानिय तहलाई नै दिएको छ ।

सिंहदरबारको अधिकार गाउँमा आएपनि नगरपालिकामा रहेको सेवा केन्द्रलाई कहिले विकासले हेर्ला भने पर्खाईमा स्थानिय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्