मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, ३ जना घाइते



धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा भे ६ प २५२० नं.को मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५ वर्षिय हिमांशु परियारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार जयदेव चौधरी र मृतक बालकका बुवा रमेश परियार घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनीहरू तीनै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्