त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण



काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दी स्थायी घर भएका शिशुमा श्वासप्रश्वासमा समस्या आएपछि सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरिएको थियो ।

शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा शिशुको रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

यसअघि सोमबार ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्