प्रदेश २ मा ३ हजार ४९२ जना संक्रमित, ३ हजार २७२ को रिपोर्ट आउन बाँकी, ३ जनाको मृत्यु



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ५३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार धनुषामा २१,महोत्तरीमा ३१ र सिरहामा १ जना व्यक्ति संक्रमित भएका छन् । आज (बुधबार) संक्रमित भएकाहरु मध्ये ४ जना महिला र ४९ जना पुरुष रहेका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ४ सय ९२ पुगेको छ । संक्रमित मध्ये ३ हजार २ सय ७७ पुरुष र २ सय १५ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु सबैला नगरपालिकास्थित ठिल्ला क्वारेन्टाइनका १ देखि ३५ बर्ष उमेर समुहका १८ जना र मिथिला नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १८,२० र ३५ बर्षिय ३ जना पुरुष रहेका छन् ।

महोत्तरीका संक्रमितहरु सम्सी गाउँपालिकास्थित सम्सी क्वारेन्टाइनका २४,२७ र ३७ बर्षिया ३ महिला एवं ४ देखि ४६ बर्ष उमेर समुहका १९ जना पुरुष,एकडारा गाउँपालिकास्थित क्वारेन्टाइनका १७ देखि ४५ बर्ष उमेर समुहसम्मका ८ पुरुष र मनरासिस्वा नगरपालिकास्थित क्वारेन्टाइनका २७ बर्षिय एक युवक रहेका छन् । त्यस्तै त्रिजुद्ध क्वारेन्टाइन वीरगञ्जमा रहेका सिरहाका एक ५५ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टी भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेश भरीमा बुधबारसम्म ४३ हजार ७ सय १७ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ४ सय ९२ जना संक्रमित भएका छन् भने ३६ हजार ९ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै सप्तरीमा ४ सय ७७, सिरहामा ४ सय ९९, धनुषामा ३ सय ४६, महोत्तरीमा ५ सय ५१, सर्लाहीमा २ सय ५०, रौतहटमा ६ सय ६३, बारामा १ सय ३९ र पर्सामा ३ सय ४७ जना गरि कुल ३ हजार २ सय ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (बुधबार) मात्रै सप्तरीमा २ सय २७, सिरहामा १ सय ३८, धनुषामा २५, सर्लाहीमा १ सय ८५, बारामा ५१ र पर्सामा ४५ जना गरि कुल ६ सय ७१ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ७९ र पर्सामा २ सय ९४ गरि जम्मा ३ सय ७३ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २० हजार ९ सय १५ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६१, सिरहामा १ सय २५, धनुषामा १ सय ६१,महोत्तरीमा ४ सय ६०, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा १५ जना गरि कुल ९ सय ९८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १९ हजार ९ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ६ हजार ३ सय १ जनालाई राखिएको छ भने १७ हजार ४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ७ सय ९६ बेड क्षमताको आईसोलेशनमा ७ सय ९७ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ६ सय ५२, सर्लाहीमा ६ सय २४, धनुषामा ३ सय ७३, सप्तरीमा १ सय ९४, सिरहामा १ सय ७१, पर्सामा १ सय ६० र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय ४२ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ४ जना, सर्लाहीका १५ जना, रौतहटका १ सय १७ जना र बाराका ६ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय ४, सिरहाका ६२, धनुषाका २ सय ६०, महोत्तरीका १ सय ५४, सर्लाहीका ४ सय ९३, रौतहटका ५ सय १९, बाराका ९८ र पर्साका १ सय ७१ जना गरि १ हजार ८ सय ६७ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्