राजपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजधानीको बबरमहलमा केहिबेर अगाडि सम्पन्न अध्यक्ष मण्डलको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए।  टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा अध्यक्ष मण्डलको आकस्मिक बैठक बसेको थियो।

मधेस आन्दोलनमा झुटा मुद्दा लगाइएकालाई मुद्दा फिर्ता, घाइतेको उपचार, संविधान संशोधनलगायत विषयमा सरकारले चासो नदिएको भन्दै राजपाले समर्थन फिर्ता लिएको हो। जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न भएको आरोपमा सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको घटनाले राजपालाई स्तब्ध र मर्माहत बनाएको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्