धनुषामा माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु, २ घाइते



धनुषा : धनुषाको धनुषाधाम नगरपालिकामा बिहीवार बिहान माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

 

इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारी अनुसार धनुषाधाम–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नम्बर ९ धारापानी बस्ने रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो । 

 

तराई मधेशमा तिहार र छठ नजिकिँदै गर्दा माटोले घर लिपपोत गर्ने प्रचलन रहेको र बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु २ बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएको बताए ।

प्रतिक्रिया दिनुहोस्