गुल्मीमा पहिरो, दुई बेपत्ता



तम्घास : गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् भने दुई जनाकाे उद्धार गरिएको छ ।

गएराति परेको अविरल वर्षाको कारण बस्तिमाथि पहिरो खसेपछि आमासँगै भाग्ने क्रममा नौ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएकी छन् भने बालिकाकी आमा २८ वर्षीय ईश्वरा खत्रीलाई ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको स्थानीय रामबहादुर केसीले बताए ।

अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।

घटनाको थप विवरण आउँन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्