images

विप्लव नेतृत्वको नेकपाको राप्ती बन्दले जनजीवन प्रभावित

द नेपालटप | प्रकाशित: २०७५-११-२३ गते
विप्लव नेतृत्वको नेकपाको राप्ती बन्दले जनजीवन प्रभावित

रोल्पाः प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्। बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन्। सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन्।

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ। यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ।

राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला बन्द हुने व्यहोरा उल्लेख गरिएको छ। 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

६ सय बढी महिला सामाजिक परिचारिका नेकपा प्रवेश

६ सय बढी महिला सामाजिक परिचारिका नेकपा प्रवेश

काठमाडाैं : सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्..

मिडिया काउन्सिल विधेयकले सिंहदरबारको कुर्सी हल्लिएला : पुष्पा भुषाल

मिडिया काउन्सिल विधेयकले सिंहदरबारको कुर्सी हल्लिएला : पुष्पा भुषाल

काठमाडौं : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले गुठी विधेयकले बालुवाटारको कुर्सी मात्रै हल्लाए पनि मिडिया काउन्सि..

नमुना मालपोत उद्धाटन गर्न पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा

नमुना मालपोत उद्धाटन गर्न पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा

काठमाडौं: कलंकीस्थित मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना कार्याल..

लोकसेवा आयोगलाई सर्वाेच्चकाे आदेश

लोकसेवा आयोगलाई सर्वाेच्चकाे आदेश

काठमाडौं : स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापनसम्बन्धमा परेको रिटमाथि आज पनि अन्तरिम आदे..

दिनदिनै श्रम सम्झौता, तर विदेश जान पाएनन् : डिला संग्रौला

दिनदिनै श्रम सम्झौता, तर विदेश जान पाएनन् : डिला संग्रौला

काठमाडौं : नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यकर्ता भर्ती केन्द्र ब..

विदेशीसङको श्रम सम्झौताले देशको शिर निउरीयो : जनार्दन शर्मा

विदेशीसङको श्रम सम्झौताले देशको शिर निउरीयो : जनार्दन शर्मा

काठमाडौं : नेकपाका सांसद जनार्दन शर्माले संसद्मा हुने छलफलको विधि परिवर्तन गर्नुपर्ने धारण राखेका छन् । प्रतिनिधि स..