बैंकिङ कसूरमा दुई जना पक्राउ


काठमाडौं : बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा रु ११ लाख ५० हजार जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतबाट रु १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो । सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए ।

उनले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो । पक्राउ परेका दुवै जानालाई कैद भुक्तानको लागि बिहीबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य