ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कञ्चनपुरः ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको पुर्नवास नगरपालिकास्थित कालिका स्वास्थ्य चौकी नजिक ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार वडा नं.७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले दिएको जानकारी अनुसार घटनापछि आक्रोसित बनेका स्थानीयले दुई वटा ट्याङ्करमाथि आगजनी गरेका छन् ।

से ६ प ६४२६ नं.को मोटरसाईकल लाई ट्याङकरले ठक्कर दिएको प्रहरीले जनाएको छ । बा १ क ९७८४ र से १ क १७४ नम्वरको ट्याङकर मध्ये एउटाले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्