‘राजनीतिक छवि बिगार्न मेरो छोरामाथि बलात्कारको आरोप लगाइयो’-अध्यक्ष मण्डल



जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका वडा न.१३ का वडाध्यक्ष शुभ नारायण मण्डलले आफ्नो छोरामाथी लगाइएको बलात्कारको आरोप निराधार रहेको दाबी गरेका छन् ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको गैर वैधानिक नगरसभा बिरुद्ध आफु लगायत केही वडाध्यक्षहरु बिरोध जनाईरहेकोले आफु बिरुद्ध योजना बनाएर राजनीतिक स्वार्थ पूर्तीका लागि यस प्रकारको आरोप लगाइएको जिकिर गरे ।

उनले गैर वैधानिक रुपमा गरिएको नगरसभाको बिरोध गरिरहेकोले विपक्षीहरुले यो मुद्दालाई तुल दिएर आफ्नो राजनीतिक छवि बिगार्न खोजेको दावी गरे । उनले भने,‘मेरो छोरा टोलमै विवाद मिलाउन जाँदा केही युवाहरुले अपशब्द प्रयोग गरेपछि उसले हात छाडेको थियो ।’ उनले घटना शुक्रबारकै रहेको र सबै कुरो सोही दिन साम्य भईसकेको बताए । वडाध्यक्ष मण्डलले आफू राजनीतिक व्यक्ति रहेकोले आफ्नो व्यक्तित्वलाई धुमिल पार्नका लागि विपक्षीहरुले साम्य भईसकेको विवादलाई योजना बनाएर सो महिलालाई उचालेको दावी गरे ।

हिजो (बिहीबार) सोही वडाका एक महिलाले वडाध्यक्ष मण्डलको छोरा रोशन मण्डलले आफूमाथी बलात्कार गर्नुका साथै कुटपिट गरेको आरोप लगाएकी थिईन् ।
वडाध्यक्षका छोरा रोशन मण्डलले आफ्नो बुवाको राजनीतिक छवि बिगार्नका लागि आफुलाई फसाउन खोजिएकोे दावी गरे । उनले भने,‘मैले त्यो महिलालाई अहिलेसम्म देखेको पनि छुईन । रातिको समयमा उनीहरु क्यारेम बोर्ड खेल्ने क्रममा हल्ला गरिरहेको थियो । मैले तिमिहरु किन हल्ला गर्दैछौेँ भनेर सम्झाउन खोज्दा सो महिलाको श्रीमानले मलाई धकेलेपछि उनको गालामा चटकन लगाएको थिएँ ।’ सोेही रिसमा उसले यस्तो योजना बनाएको हुुनसक्ने रोशनको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बलात्कार प्रयासको घटना झुठो रहेको बताए । उनले बलात्कार प्रयासको घटना बारे हामीलाई जानकारी भए लगत्तैै सोहि राति घटनास्थल पुगेर छानविन गरेको बताउदैँ तिनीहरुको पुरानो रिसिवीको कारणले घटनालाई अतिरञ्जित गरिएको स्पष्ट पारे । उनले ती महिलाले जिल्ला प्रहरी कार्यालयमा झुठो मुद्दा लिएर आएको हुनाले हामीले दर्ता नगरेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्