कैलालीका निजी विद्यालयका शिक्षकहरु आन्दोलित



धनगढीः कैलालीका निजी विद्यालयले तलब नदिएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।

कोरोना भाईरसले प्रभाव परेको ३ महिना भएपनि आफूहरुले ६ महिनादेखिको तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।

देशव्यापी विरोध गर्ने कार्यक्रम अन्तरगत आज पहिलो चरणमा धनगढीमा प्रर्दशन गरेको संस्थागत विद्यालय शिक्षक युनियन कैलालीका अध्यक्ष शिवराज जोशीले बताए ।

कोरोना प्रभावका कारण विद्यालयहरु बन्द भएपनि लकडाउन अगाडीकै तलबसमेत नपाएको उनले बताए । पहिलो दिन शान्तिपूर्ण प्रदर्शन गरेपनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने संस्थागत विद्यालय शिक्षक युनियन कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्