शरीरमा आगो बालेर अक्षयले गरे र्‍याम्प वाक



 

एजेन्सी : बलिउड नायक अक्षय कुमारले पूरै शरीरमा आगो बालेर र्‍याम्प वाक गरेका छन् । उनले अमेजोन प्राइम भिडियोको एक कार्यक्रममा शरीरमा पूरै आगो बालेर र्‍याम्प वाक गरेका छन् । 

बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमार रातो कार्पेटमा हिनिरहँदा उनको शरीर भरि आगो बलिरहेको थियो । उनी शरीरमा बलिरहेको आगोको बेवास्ता गर्दै निर्धक्क आफ्नो प्रस्तुति दिइरहेको भारतीय सञ्चार माध्यले जनाएको छ ।

अहिले उनको शरीरमा आगो बलिरहेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अक्षय कुमार छिट्टै रियालिटि शो ‘खतरो कि खिलाडी’मा प्रमुख अतिथि बनेर आउँदैं छन् । 

प्रतिक्रिया दिनुहोस्