‘लुका छुप्पी’को शानदार कमाई



एजेन्सी : कार्तिक आर्यन र कृति सेननको फिल्म ‘लुका छुप्पी’ ले दर्शकहरूको मन जित्दै ५ दिनमा ५५ करोड भारू रूपैयाँ कमाउन सफल भएको छ । फिल्मले यो रकम विश्वव्यापी रूपमा कमाएको छ । 

यस फिल्मले राम्रो सुरूवाती व्यापार समेत गरेको छ ।  यस फिल्मले ‘लिव इन’मा बसेर विवाह गर्ने निर्णय गरे पछि घट्ने घटना क्रमको सेरोफेरोमा आफ्नो कथालाई देखाएको छ । यस फिल्मको निर्माण हास्य रसमा गरिएको छ । यस फिल्मलाई लक्ष्मण उतेकरले निर्देशन गरेका छन् । .

फिल्मले प्रदर्शन भएको दिनमा नै ८ करोड भारूको कमाई गरेको थियो ।  सोहि मितिमा रिलिज भएको फिल्म ‘सोनचिढिया’ भने वक्स अफिसमा फ्ल्प भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्